६ महिनामा ५१ अर्ब ३३ करोड ऋण सहयोगः कहाँबाट कति रकम भित्रियो ? 

६ महिनामा ५१ अर्ब ३३ करोड ऋण सहयोगः कहाँबाट कति रकम भित्रियो ? 


बैंकिङ्ग समाचार ।  

चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि पुससम्मको ६ महीनाको अवधिमा नेपालले आठ दातृ निकायबाट ५१ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोग प्राप्त गरेको छ । 

उक्त ऋण सहयोग एशियाली विकास बैंक (एडीबी), विश्व बैंकजस्ता दातृ निकायका साथै भारत, चीन, जापानलगायतका  देशबाट सरकारलाई प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको हो । 

चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी विश्व बैंकबाट रू २१ अर्ब २ करोड ऋण सहयोग प्राप्त भएको छ । त्यसपछि एडीबीबाट रू १४ अर्ब १८ करोड र आईएफएडीबाट रू ७ करोड प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ । 

यस्तै विभिन्न देशबाट उपलब्ध ऋण सहयोगमध्ये सबैभन्दा बढी जापानबाट रू ५ अर्ब ९६ करोड आएको छ । यसबाहेक चीनबाट रू ५ अर्ब ५६ करोड र भारतबाट रू ४ अर्ब १७ करोड प्राप्त भएको छ । 

चालू आवमा सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंक, एडीबी, यूरोपेली संघ (ईयू) लगायत विभिन्न दातृ निकायसँग झन्डै ९३ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायताका लागि सम्झौता गरिसकेको छ । 

त्यसमध्ये एडीबीसँग ४० अर्ब ४५ करोड, विश्व बैंकसँग ३५ अर्ब, ईयू, नर्वे र अमेरिकासँग रू. ११ अर्ब १४ करोड, साउदी अरबसँग ३ अर्ब, स्वीट्जरल्यान्डसँग १ अर्ब, जापानसँग ९४ करोड रुपैयाँ वैदेशिक सहायताका लागि सम्झौता भइसकेको स्रोत बताउँछ । 

कहाँबाट कति रकम भित्रियो ?
दातृ निकाय          रकम 
विश्व बैंकः           रू. २१ अर्ब २ करोड  
एडीबीः              रू. १४ अर्ब १८ करोड 
आईएफएडीः         रू. ७ करोड
जापानः              रू. ५ अर्ब ९६ करोड
चीनबाटः             रू. ५ अर्ब ५६ करोड
भारतः                रू. ४ अर्ब १७ करोड 
कुल सहयोग प्राप्तः     ४८ अर्ब ७८ करोड 

स्रोतः महालेखा नियन्त्रकको कार्यालय