नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्र बिक्रीमा, वार्षिक १०.२५५ ब्याजदर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले ३० लाख इकाई ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गरेको हो।

बैकले दीर्घकालीज स्रोत जुटाउनका लागि उक्त ऋणपत्र बिक्रीमा ल्याएको हो। पाँच वर्ष अवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।

जारी हुने १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाईका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन छिटोमा असार २६ गते बन्द हुनेछ भने सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।