नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा झण्डै ३ प्रतिशतः नाफा खुम्चियो 

नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा झण्डै ३ प्रतिशतः नाफा खुम्चियो 


बैंकिङ्ग समाचार ।  

नेपाल इन्भेष्टमेन्ट बैंकको खरब कर्जा झण्डै ३ प्रतिशत भन्दा माथि पुगेको छ । बिभिन्न आयोजनाहरुमा बैंकले प्रवाह गरेको कर्जा डुुवेपछि यसको सिधा असर बैंकको बित्तीय अवस्थामा परेको छ । 

बैंकले सार्वजनिक गरेको चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक बित्तीय प्रतिवेदन अनुसार बैंकको खुुद मुनाफा, प्रति सेयर आम्दानी, नेटवर्थ लगायतका अन्य बित्तीय परिसुचकहरु घटेका छन् । गत आवको दोस्रो त्रैमासमा २.४ प्रतिशतमा सिमित रहेको खराब कर्जा चालुु आवको दोस्रो त्रैमासमा बढेर २.९० प्रतिशत पुुगेको छ ।

बैंकले चालुु आवको दोस्रो त्रैमासमा एक अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुलनामा १५ दसमलव ६६ प्रतिशतले कम हो ।

यस अवधीमा बैंकको बितरण योग्य नाफा भने ८४ करोड ३४ लाख १२ हजार रुपैयाँ मात्र रहेको थियो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुंजी १४ अर्ब २२ करोड १० लाख ७३ हजार रुपैँया रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा एक खर्ब ४९ अर्ब ९५ करोड २७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३२ अर्ब ६० करोड ३८ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो निक्षेप तथा कर्जा बैंकको गत आवको सोही अवधिको तुुलनामा क्रमश शुन्य दसमलव ३८ र सात दसमलव ९३ प्रतिसतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको यस्तो निक्षेप तथा कर्जा क्रमश एक खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार तथा एक खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

यस्तै बैंकको खुुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले चालु आवको पछिल्लो अवधिमा तीन अर्ब ६ करोड ३३ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो आम्दानी बैंकको गत आवको सोही अवधिको तुुलनामा ७.५४ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३१ करोड ३२ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिसत सेयर आम्दानी पनि गत आवको दोस्रो त्रैमासको तुुलनामा २३ दसमलव ६८ प्रतिसतले घटेको छ ।

गत आवको दोस्रो त्रैमाससमा प्रति सेयर आम्दानी ३० रुपैयाँ ७० पैसा रहेको बैंकको प्रति सेयर आम्दानी पनि घटेर २३ रुपैयाँ ४३ पैसामा झरेको छ ।

यसैगरी बैंकको प्रति सेयर आम्दानी पनि गत आवको एक सय ९७ रुपैयाँ ९३ पैसाबाट घटेर १ सय ८४ रुपैयाँ ३ पैसामा झरेको छ ।