सानिमा बैंकले काठमाण्डौको नेपालटारमा खोल्यो नयाँ शाखा

सानिमा बैंकले काठमाण्डौको नेपालटारमा खोल्यो नयाँ शाखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सानिमा बैंकले असार १७ गते तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखाको बैंकका ब्रान्ड प्रबन्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरे ।

समुद्घाटनको अवसरमा ब्रान्ड  प्रबन्धक  वरिष्ठ कलाकार श्रेष्ठ र संचालक थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना गरे ।

त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।