राष्ट्रियस्तरका विकास बैंकहरूकाे नाफा सवा ३ अर्ब माथि, सबैभन्दा धेरै कमाउनेमा गरिमा

राष्ट्रियस्तरका विकास बैंकहरूकाे नाफा सवा ३ अर्ब माथि, सबैभन्दा धेरै कमाउनेमा गरिमा


काठमाडौं –  चालु आर्थिक वर्षको माघसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले सवा ३ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल ३ अर्ब ३० करोड ७४ लाख रुपैयाँ नाफा कमाएका हुन्।

अघिल्लो वर्ष यही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरूकाे कुल नाफा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ थियो। चालु आवमा अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा २१.६९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने विकास बैंकमा गरिमा विकास बैंक रहेको छ। बैंकले माघसम्म ६८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, धेरै कमाउनेमा दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले माघसम्म ६२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

यसैगरी शाइन रेसुंगा विकास बैंकले ४३ करोड ७१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ४१ करोड ४६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ३३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएकाे छ।

यस्तै, ज्योतिले विकास बैंकले ३० करोड ५१ लाख रुपैयाँ, साङ्ग्रिला विकास बैंकले २६ करोड २१ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले २३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।