साताकाे शेयर बजार: नेप्से परिसूचक ८० अंकले बढ्दा ३९ अर्बकाे काराेबार

साताकाे शेयर बजार: नेप्से परिसूचक ८० अंकले बढ्दा ३९ अर्बकाे काराेबार


काठमाडौं – यो साता शेयर बजारका लागि खास रह्यो । शेयर बजार नियामक निकाय धितोपत्र बोर्ड (सेबाेन) ले ११ महिनापछि अध्यक्ष पायाे । बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएपछि शेयर बजारले सुधारको संकेत देखाएको छ। दुई कारोबार दिनमै बजारमा सकारात्मक वातावरण बन्याे । नयाँ नेतृत्वलाई लिएर लगानीकर्तामा केही उत्साह छाएकाे देखियाे ।

याे साता लगानीकर्ताहरू माैद्रिक नीतिकाे प्रथम समीक्षाकाे पर्खाइमा पनि रहेका थिए । याे साताको पहिलो कारोबारको दिन आइतबार बजार दोहोरो अंकले घटेर बन्द भएको थियो । त्यसदिन शेयर बजार (नेप्से परिसूचक) १३ दशलमव ०३ अंकले घटेर २,६६७ को विन्दुमा बन्द भएको थियो । त्यस्तै, साेमबार बजार १५ दशमलव ८३ अकंले बढेर २६८३.२४ विन्दुमा बन्द भएकाे थियाे ।

कुन दिन कति काराेबार ?

आइतबार– ७ अर्ब ७२ करोड रुपैयाँ
सोमबार– ६ अर्ब ३५ करोड रूपैयाँ
मंगलबार– ७ अर्ब ४४ करोड रुपैयाँ
बुधबार – ९ अर्ब ३१ करोड रुपैयाँ
बिहीबार– ८ अर्ब ५४ करोड रुपैयाँ

मंगलबार नेप्से परिसूचक ३३ दशलमव ४१ अंकले बढेर २,७१६ को विन्दुमा कायम भएको छ । बुधबार ३९ दशलमव ७० अंकले बढेर २,७५६ को विन्दुमा कायम भएको थियो । बिहीबार नेप्से परिसूचक ८ दशलमव ३० अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको थियो ।

याे साता समग्रमा ३९ अर्ब ३६ कराेड रूपैयाँकाे काराेबार भएकाे थियाे । याे साताकाे पहिलाे दिन २६ सय ६७ दशमलव ४० बाट सुरू भएकाे बजार अन्तिम दिनसम्म आइपुग्दा २७ सय ४८ दशमलव ०५ काे बिन्दुमा पुगेकाे छ । समग्रमा याे साता परिसूचकमा ८० दशमलव ६५ अंककाे वृद्धि देखिएकाे हाे ।