मायाले रोगीलाई निरोगी बनाइदिन्छ  !

मायाले रोगीलाई निरोगी बनाइदिन्छ  !


झुट लुट र स्वार्थमा गरिने प्रेम फस्टाएको छ । मन परेको फुल टिप्नुलाई मात्र कहाँ प्रेम भनिन्छ र त्यति सजिलो पनि छैन मन परेको फूल टिप्नलाई सबै सही अर्थमा प्रेम त त्यो हो जहाँ मन परेको फुलमा गोड्मेल गरेर पानी हालिन्छ । अनि त्यसलाई अझै सुन्दर बगैंचा  बनाईन्छ । त्यसलाई अझ निखारिन्छ, तिखारिन्छ । यो पनि त प्रेम नै हो नी । हामीले बेहे गरेको १८ वर्ष भइसक्यो । जवानीमा पे्रम दिवस भनेर कतै पनि सुनीदैनथ्यो । सच्चा प्रेमी जोडिहरुको लागि प्रेम प्रस्ताव राख्नको लागि र प्रेम गर्नको लागि कुनै प्रेम दिवसको दिन कुरेर बस्नुपर्दैन । प्रम भनेको मेरो बुझाईमा एउटा यस्तो शक्तिशाली चिज हो जसले कुनै क्यान्सरलाई पनि निको पार्न सक्छ  । रोगीलाई निरोगी बनाइदिन्छ भने निरोगीलाई रोगी बनी बनाइदिन सक्छ । एउटा फुल दिदैमा माया बढ्ने हो भने म पनि दिनहु एकभारि फूल बाढ्दै बजार परिक्रमा गर्थे ।तर माया त्यसरी कहाँ बस्छ र । माया हुन दुई मन र आत्मा एकआपसमा मिल्नु पर्छ एकले अर्काले भावना बुझ्नुपर्छ। सुख दुखमा साथ दिन सक्ने क्षमता एकअर्कामा हुनपर्छ तब मात्र माया केहो थाहा पाइन्छ । अन्तमा एनआईसी एसीया बैंकलाई धेरै धन्यवाद । यसरी आज रोमान्टिक मौसममा हामीलाई स्पेशल डिनर पार्टी दिएको हामी बैंकप्रती धेरै आभारी छौं । सायद बेंकले आज यसरी हामीलाई डिनर दिँदैनथ्यो भने हामी घरमै बसेर भ्यालेन्टाइन मनाइन्थ्यो होला । 

मायाको परिभाषा उनीहरुले यसरी दिए (भिडियो)