१७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक

१७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय-व्ययको वार्षिक अनुमान (बजेट)  प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको बताए । 

त्यसमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड बजेट विनियोजन गरेको उनले बताए । 

राजश्व १२ खर्ब ४० अर्ब ११ करोड, अनुदान ५५ अर्ब ४६ करोड, वैदेशीक ऋण २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब लिइने मन्त्री शर्माले बताए ।