भ्यालेनटाईनमा एन आईसी एसीयाको सप्राइज डिनरः सोल्टी होटलमा रमाए २० जोडी 

भ्यालेनटाईनमा एन आईसी एसीयाको सप्राइज डिनरः सोल्टी होटलमा रमाए २० जोडी 


बैंकिङ्ग समाचार ।  
एनआईसी एसीया बैंकले ‘भ्यालेन्टाईन डे’ अर्थात प्रेम दिवसको अवसरमा २० जोडीलाई सप्राईज डिनर पार्टी प्रदान गरेको छ । बैंकले आफ्नो बैंकको मोबाइल बैंकिङ एपमार्फत सर्वाधिक कारोबार गर्ने ग्राहकहरुलाई होटल सोल्टी क्राउन प्लाजामा जोडीहरुलाई सो ट्रिट दिएको हो ।

उक्त योजना अन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरीसम्म बैंकको मोबाईल बैंकिङ एपमार्फत कारोबार गर्ने २० जना ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्ने अवसर प्राप्त गर्न सक्ने बैंकले बताएको थियो । बैंकको मोबाईल बैंकिङ एपमार्फत कुनै पनि भुक्तानी जस्तै क्युआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाईल टपअपलगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकलाई भ्यालेन्टाइन डे कै लक्की ड्र मार्फत विजेता छनोट गरी सोही दिन साँझ उनीहरुलाई कुपन प्रदान गरिएको थियो । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिएको बैंकले बताएको थियो ।

यस्तो अफरको नतिजा भने बैंकको आफ्नै फेसबुक पेज तथा विजेता ग्राहकलाई फोनमार्फत जानकारी गराई डिनरका लागि आमन्त्रण गरेको थियो । उक्त विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पुर्याउने बैंकको विश्वास रहेको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।

बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न क्यसा ब्याक अफर नियमित रुपमा दिइरहेको छ । मोबाईल बैंकमार्फत नेपाल टेलिकम र एनसिएल टपअप गर्दा ३ प्रतिशत क्यास ब्याक तथा हरेक बुधबार दराज डटकमबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको क्यास ब्याक, हरेक शुक्रबार ह्यापी आओरमा एपमार्फत भुक्तानी गर्दा १ सय रुपैयाँ क्यसाब्याक र सामसुङ ग्यालेक्सी १० प्लस तथा नोट १० प्लस खरिद गर्दा ३ हजार रुपैयाँसम्मको छुट दिने व्यवस्था बैंकले गरेको छ ।

फोटोफिचर 

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"