लक्ष्मी सनराईज बैंकले घटायो ब्याजदर



काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले मुद्दती निक्षपेको ब्याजदर घटाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी घटाएको हो ।

बैंकले कात्तिक महिनामा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

अघिल्लो असोज महिनामा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर ताकेको थियो ।