काठमाडौं – डिसहोमले चाडपर्वका अवसरमा इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि ‘खुशीको सेलेब्रेसन’ योजना घोषणा गरेको छ । डिसहोमले यस योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज गर्दा थप ३ महिना बोनस प्रदान गर्न लागेको हो ।
डिसहोमले इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनका लागि यो योजना ल्याएको जनाएको छ ।
यस ‘खुशीको सेलेब्रेसन’ योजनाबाट लाभ लिन ग्राहकहरूले नजिकको डिसहोम डिलर दाइ वा हट लाइन नं ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने बताइएको छ । डिसहोमले साढे तीनलाख बढी ग्राहकहरूलाई इन्टरनेट सेवा दिइरहेको छ ।






About Us
प्रतिक्रिया