हरेक क्षेत्रमा आर्थिक गतिविधि बढ्योः आर्थिक वृद्धिदर बढ्ने क्रम जारी

हरेक क्षेत्रमा आर्थिक गतिविधि बढ्योः आर्थिक वृद्धिदर बढ्ने क्रम जारी


बैंकिङ्ग समाचार । 
आगामी ५ वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गर्नतर्फ अग्रसर ओली सरकारले गत आर्थिक वर्ष २०७४/७५ मा ७.०५ प्रतिशतको सुखद आर्थिक वृद्धिदर हासिल भएको तथ्यांक सार्वजनिक गर्यो ।

यस्तै चालु आर्थिक वर्षमा भने नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशतको हुने पक्षेपण विश्व बैंकले गरेको छ । यो, गत आवको तुलनामा केही कम  हो । तर, चालु आर्थिक वर्षमा कृषि उत्पादनमा वृद्धि, औधोगिक विस्तार, भ्रमण वर्ष २०२० लगायतका आर्थिक क्रियाकलापहरु विस्तार भई उच्च आर्थिक वृद्धिदर हुने संकेत देखिएको अर्थमन्त्री डा.युवराज खतिवडा बताउँछन् । 

आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उनले होटल तथा पर्यटन पूवार्धारमा बढेको लगानी, जलविद्युत आयेजना, सडक, विमानस्थलजस्ता भौतिक पूवार्धारको निमार्ण तथा पुरातात्विक भवन, नीजी आवास, विद्यालयलगायत भूकम्पबाट क्षतीग्रस्त संरचनाहरुको पुःननिर्माणमा आएको तिब्रता, बाह्य क्षेत्रमा भएको विस्तार लगायतका कारणले उच्च आर्थिक वृद्धिदर हासिल गर्ने सम्भावना उनले व्यक्त गरे । 

यस्तै नेपालले आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा धेरै ७.७४ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो भने भने आव २०७४/७५ को आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहेको थियो । यसप्रकार, नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि हाँसिल गरेको छ । 

आर्थिक वृद्धि दर 

आर्थिक वर्ष            वृद्धिदर
२०७२/७३              ०.२    
२०७३/७४             ७.९१
२०७४/७५             ६.२९
२०७५/७६              ७.०५
२०७६/७७              ७.१ (प्रारम्भिक अनुमान) 

स्रोतः अर्थ मन्त्रालय