पाँच वर्षयताकै उच्च महंगी भएपछि भारतीय शेयर बजारमा गिरावट

पाँच वर्षयताकै उच्च महंगी भएपछि भारतीय शेयर बजारमा गिरावट


एजेन्सी, भारतीय शेयर बजारमा बिहीबार गिरावट आएको छ । मंगलबार र बुधबार दिल्लीमा आम आदमीको सरकार बनेपछि बढेको शेयर बजार बिहीबार भने घटेको हो । भारतीय अर्थतन्त्रमा भारतीय रुपैयाँको क्रय शक्ती कमजोर भएपछि त्यसको नकारात्मक असर समग्र शेयर बजारमा परेको छ । भारतको अर्थतन्त्र सुस्त भएसंगै भारु पनि कमजोर हुदै आएको थियो । यो वर्ष भारतको खुद्रामुद्रा स्फितीपनि पछिल्लो पाँच वर्षकै उच्च हुन पुगेको छ ।

बिहीबार कारोबार सुरु हुँदा देखि घट्न थालेको भारतीय शेयर बजार बन्द हुँदासम्म घट्ने क्रम जारी नै रह्यो । कारोबार सुरु भएपछि घट्न थालेको बम्बै स्टक एक्सचेन्ज (विएसइ) परिसूचक सेन्सेक्स २०० अंक सम्मले घटेको थियो । तर, कारोबार हुँदै जाँदा घट्ने क्रममा भने कमी आयो । त्यसैगरी नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी २६.५५ अंकले घटेको छ ।

बिहीबार कारोबार बन्द हुँदा सेन्सेन्स १०६.११ अंकले घटेर ४१४५९.७९ अंकमा झरेको छ भने निफ्टी २६.५५ अंकले घटेर १२१७४.६५ अंकमा झरेको छ ।

बिहीबार निफ्टीमा ५० कम्पनी मध्ये २१ कम्पनीको शेयर मूल्य वढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी सेन्सेक्समा सूचीकृत ३० कम्पनीको शेयर मध्ये अधिकासंको शेयर मूल्य घटेको छ ।

बिहीबार कारोबार भएका धेरै फाइनान्सीयल कम्पनी तथा अटो कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । मंगलबार र बुधबार निरन्तर उच्च अंकले वढेको भारतीय शेयर बजार बिहीबार कारोबार खुल्दा देखि नै घट्दो क्रममा थियो ।

भारतको खुद्रा मुद्रास्फिती पछिल्ला ५ वर्ष यताकै उच्च ७.५९ प्रतिशत पुगेपछि त्यसको नकारात्मक असर शेयर बजारमा परेको हो ।