सिद्धार्थ बैंकको ‘सिद्धार्थ सपरच्युनिटी योजना

सिद्धार्थ बैंकको ‘सिद्धार्थ सपरच्युनिटी योजना


बैकिङ्ग समाचार । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्धार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ। यो छुट योजना बिहीबारदेखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ।

अब ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५ प्रतिशतसम्म अधिकतम रू ५ सय छुट, पहिलो दुई पटक रु १ हजार वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५ सय क्यास ब्याक, पहिलो दुई पटक रु १ हजार वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा रु ३ सय ८२ क्यास ब्याक प्राप्त गर्न सक्दछन् । 

यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ।