काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन कम्पनीले मंगलबार विभिन्न क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण गरिएको छ ।
आईएमई लाइफको स्थापनाको सातौं वर्ष पूरा गरेको अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरिएको हो । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात गर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले टीकापुर नगरपालिका वडा नं, १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेको छ ।
त्यसैगरी काठ्माडौं टोखा स्थित विपद्को शिकार भएका परिवारहरुलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामग्रीहरु वितरण गरेको छ । साथै, धरान उप महानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
प्रतिक्रिया