ओरिएन्टल इन्स्योरेन्सको नाफा ८३ प्रतिशतले वृद्धि

ओरिएन्टल इन्स्योरेन्सको नाफा ८३ प्रतिशतले वृद्धि



काठमाडौँ – ओरिएन्टल इन्स्योरेन्सले आर्थिक बर्ष २०८०र८१ को चौथो त्रैमाससम्ममा ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८३.३७ प्रतिशतले बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३२ करोड ५१ लाख नाफा गरेको थियो ।

२०८१ असार अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५७.४३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३२ करोड ५१ लाख नाफा गरेको यिो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ८३.३७ प्रतिशतले बढोत्तरी भएको छ।