काठमाडौं– नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले १६औं संस्करणको नाडा अटो शो २०२४ घोषणा गरेको छ । बुधबार पत्रकार एक सम्मेलन आयोजना गर्दै नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने जानकारी गराएको हो ।
नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । यस पटकको अटो शोमा २४ वटा ब्राण्डका चारपांग्रे सवारी, १९ ब्राण्डका दुईपांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाले जनाएको छ ।
प्रतिक्रिया