काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफा सहितका विभिन्न वित्तीय सूचांकहरुमा उल्लेख्य सुधार भएको छ ।कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले वित्तीय सूचांकहरुमा सुधार देखाएको हो । एक वर्षमा कम्पनीको खुद नाफा ५.६७ प्रतिशतले वृद्धि भएर १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
गत आवको असारसम्ममा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । हालसम्म कम्पनीको चुक्ता पुँजी २२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया