ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा १ करोड ९ लाख

ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा १ करोड ९ लाख



काठमाडौं – ट्रष्ट माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८० र८१ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार १ करोड ९ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको स्पेसियल रिजर्भ शिर्षकमा ६८ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग ८९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ६ लाख ८५ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ लाख ३७ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै कम्पनीले १ करोड २० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा ४३ लाख ११ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अभिकर्ता कमिशन मार्फत ८१ हजार रुपैयाँ खर्चिएको छ ।