युनाइटेड अजोड इन्स्योरेन्सको नाफासँगै अधिकांश सूचकमा सुधार

युनाइटेड अजोड इन्स्योरेन्सको नाफासँगै अधिकांश सूचकमा सुधार



काठमाडौँ – युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफासँगै अधिकांश सूचकमा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको १२ महिनामा कम्पनीको मुनाफा १०८.११ प्रतिशतले बढेर ३८ करोड ५२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १८ करोड ५१ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन ६६.९३ प्रतिशतले बढेर १ अर्ब २० करोड ९२ लाख रुपैयाँ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीम शुल्क आर्जन ७२ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन ५८ प्रतिशतले बढेर २ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले कुल बीमा शुल्क आर्जन एक अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा कम्पनीको बीमा कोष सञ्चिति ३ अर्ब ३ करोड ४३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको बीमा कोष सञ्चिति ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।