सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अधिकांश सूचकमा सुधार, कुन सूचक कस्ता ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अधिकांश सूचकमा सुधार, कुन सूचक कस्ता ?


काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत सूचकमा सुभार आएको हो । गत आवमा कम्पनीको मुनाफा ८० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ३७ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ६९ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको हो ।

त्यस्तै कम्पनीले गत आवमा खुद बीमा शूल्क आर्जन ७८.१२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ११ करोड ६३ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गत आवमा एक अर्ब ९८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले गत आवमा चार अर्ब ११ करोड ७८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । साथै यो समयमा कम्पनीले आफ्ना बीमितहरुलाई दुई अर्ब १४ करोड ३३ लाख रुपैयाँ कुल बीमा दावी भुक्तानी दिएको छ । हाल सम्म कम्पनीको चुक्ता पूँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ फण्डमा चार अर्ब ८६ करोड ९२ लाख रुपैयाँ रहेको छ ।