काठमाडौँ–आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ७ अर्ब ५ करोड ७४ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष ९ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल बीमाशुल्क आम्दानी १३.२४ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कुल दाबी भुक्तानी पनि ६.७६ प्रतिशतले वृद्धि भएर १ अर्ब २३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीले ४६ करोड रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ४२ लाख रुपैयाँ खर्चिएको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.२९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया