काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म ६६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरणमा साे रकम बराबरकाे नाफा आर्जन गरेकाे देखिएकाे हाे ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ५०.०८ प्रतिशतले नाफा बढेकाे हाे ।
शेयर पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३८ करोड रुपैयाँ र महाविपत्ति कोषमा ७ करोड ३७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब ४१ करोड ५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २२ करोड ६४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ५ करोड ७० लाख रुपैयाँ थियो।
प्रतिक्रिया