नेसनल इन्स्योरेन्सको नाफामा २३.६३ प्रतिशतको वृद्धि

नेसनल इन्स्योरेन्सको नाफामा २३.६३ प्रतिशतको वृद्धि


काठमाडौं – नेसनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा २६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्ममा कम्पनीले १५ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा २३.६३ प्रतिशतको बढोत्तरी भएको छ।

शेयर पुँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३४ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८७ करोड ९० लाख रुपैयाँ (ऋणात्मक) र महाविपत्ति कोषमा २ करोड ३ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब १७ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ९६ करोड ३ लाख रुपैयाँ (ऋणात्मक) र महाविपत्ति कोषमा ३४ लाख १७ हजार रुपैयाँ थियो।