प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकाे नाफा २३ लाख ४१ हजार रुपैयाँ

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकाे नाफा २३ लाख ४१ हजार रुपैयाँ


काठमाडौं – प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/ ८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको हाे ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ४२ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको स्पेसियल रिजर्भ शिर्षकमा ३४ लाख ९० हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग २७ लाख २१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ४९ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४९ हजार रहेको छ। समिक्षा अवधिमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।