काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया