काठमाडौं– ४ अर्ब लगानीमा भैरहवामा कजारिया रमेश टायल्स उद्योग सञ्चालनमा ल्याएको छ। कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले उद्योगको उद्घाटन गरेका हुन्।
कार्यक्रममा अध्यक्ष कजारियाले नेपालबाट कजारिया रमेश टायल्स उत्पादनले महत्त्वपूर्ण कोसेढुंगा पार गरेको बताए। अत्याधुनिक प्रविधियुक्त कारखानाबाट बजार मागअनुसार कजारिया रमेश टायल्स उत्पादन गरिने उनले जानकारी दिए।
कारखाना निर्माणका लागि गरिएको ४ अर्ब नेपाली रुपैयाँको लगानीले अर्थतन्त्रलाई प्रोत्साहन दिने र विश्वस्तरीय कजारिया टायल सस्तो मूल्यमा उपलब्ध गराइने प्रतिबद्धता कम्पनीले जनाएको छ। कारखाना स्थापनासँगै स्थानीय कच्चापदार्थ प्रयोग गरी कजारियाले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया