काठमाडौं – चौधरी ग्रुप फाउण्डेसनको उन्नति कल्चरल भिलेजले ‘रेजोनेन्स अफ ह्युज’ नामक कला प्रदर्शनी भिवान्ता क्रिएटिभ्स सँगको सहकार्यमा उत्सव आयोजना गरेको छ । यही अगस्ट १० देखि सुरु भएको उत्सवमा ८ जना समकालिन नेपाली कलाकारको कृति समेटिने बताइएको छ ।
८ जना नेपाली समकालिन कलाकारको कृति समेटिएको उक्त प्रदर्शनी ११ अक्टोबर २०२४ सम्म जारी रहने आयोजकले जानकारी दिएको छ । सिजी फाउण्डेसनका कार्यकारी निर्देशक सुरभि चौधरीले सहकार्य र साझेदारीले लक्ष्यमा पुग्नका लागि महत्त्वपूर्ण भूमिका रहेको सत्यतामा जोड दिइन् ।
उनले पब्लिक–प्राइभेट साझेदारीको महत्त्व र यसको प्रभावकारिताको बारेमा जोड दिँदै लक्ष्यमा सहकार्यको शक्ति महत्त्वपूर्ण रहेकोमा जोड दिइन् । विशेष अतिथि सारिका चौधरी र चौधरी ग्रुपका प्रबन्ध निर्देशक राहुल चौधरीको समेत उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै बिनोद चौधरीले उन्नति र यसको कला, शिल्प र संस्कृतिमा योगदान दिने प्रयासहरूलाई शुभकामना दिए । होटल भिवान्ता काठमाडौंका महाप्रबन्धक रवि निश्चलले यो सहकार्यको बारेमा आफ्नो खुशी व्यक्त गर्दै उन्नति कल्चरल भिलेजको महत्त्वलाई उल्लेख गरे ।
प्रतिक्रिया