काठमाडौं– एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दै सात पदका लागि कर्मचारीको मागेको हो ।
कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र सुपरभाइजरमा २–२ जना मागेको छ । साथै, बरिष्ठ सहायक, सहायकमा ३ जना र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २८ गते) ले १५ दिन भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया