छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा


काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४६ हजार संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी आभा खत्रीको नामको सो कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको थियो । ३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरीद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी फेरि बिक्रीमा राखिएको हो ।

बिक्रीमा राखिएकाे शेयरकाे प्रतिकित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ कायम गरीएकाे छ ।