काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार ७०० रुपैयाँ बढेको सुनको मूल्य सोमबार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया