राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै



काठमाडौँ – राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आउँदो भदौ १८ गतेदेखि २० गतेसम्म बीमा अभिकर्ता सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गरी जानकारी गराएको हो ।

उक्त तालिम काठमाडौंको दरबारमार्गस्थित होटल उडल्याण्डमा बिहान १० बजेदेखि सूरु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तालिम शुल्क ५ सय रुपैयाँ रहेको छ ।

तालिममा सहभागि हुन इच्छुक जोकोहीले भदौ ११ गतेभित्र कम्पनीको शाखा कार्यालय तथा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी निवेदन दिईसक्न आग्रह गरेको छ ।