४.६१ अंकले बढेको नेप्से १३५०.५८ विन्दुमा

४.६१ अंकले बढेको नेप्से १३५०.५८ विन्दुमा


बैंकिङ समाचार । 
 

बिहीवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ४ दशमलव ६१ अंकले बढेर १ हजार ३५० दशमलव ५८ विन्दुमा पुगेको छ । १ हजार ३४६ दशमलव ४५ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ३४ प्रतिशत बढेको हो । 

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक बाहेक बाँकी ८ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । दोस्रो घण्टाको कारोबारमा १६७ ओटा कम्पनीकोे रू. ७७ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ३४५ मा कारोबार भइरहेको छ ।