पाँच करोडको लगानीमा ‘होटल रोयल एयरपोर्ट’ सञ्चालनमा

पाँच करोडको लगानीमा ‘होटल रोयल एयरपोर्ट’ सञ्चालनमा


काठमाडौं – पाँच करोडभन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएको छ । युवाहरुको समूह मिलेर सञ्चालनमा ल्याइएको होटल यही सातादेखि सञ्चालनमा आएको हो ।

होटल उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएको बताए । यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताउँदै उनले भने, ‘पर्यटन उद्योगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु’ उनले भने ।

मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । अन्त्यमा उनले युवाहरु मिलेर सञ्चालनमा आएको होटल रोयल एरपोर्टको सफलताका लागि व्यवसायीहरुलाइ शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ वटा कोठासहितको यो होटलमा ५० शैया छन् । दुईसय जनाभन्दा बढी क्षमताका हल, बैठक कक्ष सहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्यएका हौं,’ उनले भने ।