ग्लोबल आईएमई लघुवित्तको नाफा ४६ प्रतिशतले बढ्यो

ग्लोबल आईएमई लघुवित्तको नाफा ४६ प्रतिशतले बढ्यो


काठमाडौं – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४६.८० प्रतिशतले बढेको छ । लघुवित्तले गत आव (२०८०/८१) मा १४ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा अघिल्लो आवमा ९ करोड ६५ लाख रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५.८७ प्रतिशतले बढेर ६३ करोड ३४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ४६ करोड ६२ लाख रुपैयाँ थियो । गत आवको असार मसान्तसम्म लघुवित्तको कुल सञ्चालन आम्दानीसमेत ३६.५९ प्रतिशतले बढेर ७३ करोड ५२ लाख रुपैयाँ पुगको छ । अघिल्लो आवमा यस्तो आम्दानी ५३ करोड ८२ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ४६.९१ प्रतिशतले बढेर २० करोड ३७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १३ करोड ८६ लाख रुपैयाँ थियो । ६ करोड ४७ लाख ७५ हजार वितरणयोग्य नाफा रहेको लघुवित्तको ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा ५१ करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) १५.५९ रुपैयाँबाट बढेर २२.८९ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १८३.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.६३ गुणा छ ।