यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २७ गतेका लागि एक अमेरिकी डलरको बिक्रीमूल्य १३४ रुपैयाँ ६४ पैसा र खरीदमूल्य १३४ रुपैयाँ ४ पैसा तोकिएको छ ।

त्यस्तै कतारी रियाल एकको खरीदमूल्य ३६ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ९३ पैसा छ भने एक यूएई दिराम खरीदका लागि ३६ रुपैयाँ ४९ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

त्यसैगरी एक युरोपियन युरो खरीदका लागि १४६ रुपैयाँ ३४ पैसा र बिक्रीका लागि १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ । साउदी अरेबियन रियाल एकको खरीदभाउ ३५ रुपैयाँ ७१ पैसा र बिक्रीभाउ ३५ रुपैयाँ ८७ पैसा छ ।

एक मलेसियन रिंगिटको खरीदभाउ ३० रुपैयाँ ३१ पैसा र बिक्रीभाउ ३० रुपैयाँ ४४ पैसा तोकेको छ । एक अस्ट्रेलियन डलरको बिक्रीमूल्य ८८ रुपैयाँ ५१ पैसा र १० जापानिज यनको बिक्रीमूल्य ९ रुपैयाँ १६ पैसा तोकिएको छ ।