सिटिजन्स क्यापिटलद्वारा १५.५० प्रतिशत लाभांश घोषणा

सिटिजन्स क्यापिटलद्वारा १५.५० प्रतिशत लाभांश घोषणा


काठमाडौं– सिटिजन्स क्यापिटल लिमिटेडले गत वर्ष आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समिति बैठकले १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न भदौ १७ गते १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने ३ करोड १० लाख रुपैयाँ कर सहित नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।