२० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरू खराब सूचीमा

२० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरू खराब सूचीमा


काठमाडों – सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न निमार्ण कम्पनी र आपूर्ति व्यवसायीहरुलाई खराब सूचीमा राखेको छ । कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दे एउटा भारतीय निमार्ण कम्पनीसहित २० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरूलाई खराब सूचीमा राखेको हो ।

खराब सूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् । कार्यालयले भारत देहरादुनको भारत कन्स्ट्रक्सन पी.पी.सी. एल र त्यसका सञ्चालक राजिव गुर्गालाई तीन वर्षका लागि खराब सूचीमा राखेको छ ।

यस्तै, खराबसूचीमा पर्ने अन्यमा सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक गाईघाट उदयपुर, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रा. लि क्षेत्रपाटी काठमाडौंलाई ३ वर्षका लागि खराब सूचीमा राखेकाे छ ।

यसैगरी देवनारायण पवन मैनाचुली खम्पाचे जे.भी. सिफल, काठमाडौं,सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक गाईघाट योजना, उदयपुर सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, दाङका सञ्चालक चन्द्र शेखर मल्ल लगायतका कम्पनी तथा सञ्चालक खराब सूचीमा परेका हुन् ।