पैसा खाएर क्यानमा प्रमुख नियुक्त र सरुवा गर्ने दुर्घटनाको जवाफदेही हुनुपर्छ : सांसद शाह


काठमाडौं – सांसद प्रभु शाहले पैसा खाएर नियुक्त र सरुवा गर्ने जसले गरेको छ त्यो नैतिक रुपमा दुर्घटनाको जवाफदेही हुनुपर्ने बताएका छन्। बिहीबार अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद शाहले उड्डयन प्राधिकरणको नेतृत्वलाई नियुक्त गर्नेले दुर्घटनाको जिम्मा लिनुपर्ने बताएका हुन् ।

साथै, पछिल्लो समय भइरहेको हवाई दुर्घटनाले नेपालको छवि ध्वस्त बनाइरहेको पनि शाहले बताएका छन् । नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने थियो त्यसलाई पछिल्ला हवाई दुर्घटनाले पुष्टी गरेको उनले बताए ।

‘पैसा खाएर नियुक्त र सरुवा गर्ने जसले गरेको छ त्यो नैतिक रुपमा जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘नियमनकारी निकाय चुस्त दुरुस्त भएको भए यस्तो हुने थिएन ।’ उनले सरकारले नैतिकता नदेखाएको भन्दै छानबिन समिति जनतालाई भ्रममा पार्न बनाइने गरिएको बताए ।