बुधबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ र बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७०.२४ रुपैयाँ र बिक्री दर १७१.०० रुपैयाँ छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२६ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४६.१९ रुपैयाँ र बिक्री दर १४६.८५ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ र बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.०९ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।