रोमानियामा बसेर नेपालमा गर्थे साइबर अपराध, प्रहरीले विमानस्थलबाटै गर्यो पक्राउ


काठमाडौं – विदेशमा बसेर नेपालमा साइबर अपराध गर्ने व्यक्ती विमानस्थलबाटै पक्राउ परेका छन् । ती व्यक्तीले नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार फेसुबक ह्याक गरेर म्यासेन्जरमा पीडित र पीडितको श्रीमानबीच भएका कुराकानी सार्वजनिक गर्ने गरेका थिए ।

प्रहरीका अनुसार ती व्यक्तीले पीडितको नाममा फेक एकाउन्ट खोलेर आफन्तलाई पठाउने र ब्ल्याकमेल गरी मानसिक तबना र हैरानी दिइरहेका थिए । यस्तै पीडितको चरित्र हत्या गरेपछि पीडितले साइबर ब्यूरोमा उजुरु परेको थियो ।

उजुरी परेपछि तनहुँ घिरिङ गाउँपालिकाका वडा नम्बर १ का ३५ वर्षे सन्दिप थापा मगर पक्राउ परेका हुन् । उनी वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा थिए । उनीमाथि प्रहरीले विद्युतिय कारोबार ऐन, २०६३’ अन्तरगतको कसुरमा मुद्धा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ ।

उनी नेपाल फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सहकार्यमा साइबर ब्यूरोको टोलीले नियन्त्रण्मा लिएको हो ।