देशभर ९६ प्रतिशत भूभागमा सकियो रोपाईँ

देशभर ९६ प्रतिशत भूभागमा सकियो रोपाईँ


काठमाडौं – देशभरमा ९६ प्रतिशत भुभागमा धान रोपाईँ सकिएको छ । कृषि विभागका अनुसार आजसम्म देशभरका ९६ प्रतिशत भू–भागमा धान रोपाईँ सकिएको हो ।

गत वर्ष २०८० को यही समयमा देशभर ८१ प्रतिशत भूभागमा धान रोपाईँ सकिएको थियो । गत वर्षको तुलनामा यो वर्ष धेरै धान रोपाईँ सकिएको छ ।

विभागले दिएको तथ्यांकअनुसार कोशी प्रदेशमा ९५ प्रतिशत धान रोपाईँ सकिएको छ । यस्तै मधेश प्रदेशमा ९५ प्रतिशत र बाग्मती प्रदेशमा ९४ प्रतिशत धान रोपाईँ सकिएको तथ्यांक छ ।

यसबाहेक गण्डकी प्रदेशमा ९६ प्रतिशत र कर्णालीमा ९९ प्रतिशत रोपाईँ सकिएको तथ्यांकमा देखिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा भने शतप्रतिशत धान रोपाईँ सकिएको छ ।