काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ४०० भन्दा धेरै स्थायी कर्मचारी मागेको छ। कम्पनीले दरखास्त आह्वान गर्दै स्थायी दरबन्दीमा सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म ४१७ जना कर्मचारी माग गरेको हो।
सहायक प्रबन्धक पदमा खुला २९ जना, महिला, ८ जना, आदिवासी जनजाति ६ जना, मधेसी ६ जना, दलित दुई जना, अपाङ्ग एक जना र पिछडिएको क्षेत्र एक गरी कुल ५३ जना माग गरेको छ।
त्यस्तै, सहायक कम्प्युटर अधिकृत पदमा २ जना, प्रशासनतर्फ सहायक पदमा ४२ जना र कनिष्ठ सहायक पदमा ३२० जना कर्मचारी माग गरेको हो। सहायक प्रबन्धक पदमा जागिर खानका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ।
सहायक कम्प्युटर अधिकृत पदका लागि पनि कम्प्युटर वा सूचना प्रविधिमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कम्तीमा दुई वर्षको कार्य अनुभव समेत हुनुपर्ने छ ।




About Us
प्रतिक्रिया