काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । डेडिकेटेड र ट्रंकलाईन विवाद उत्कर्षमा पुग्दै जाँदा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी निकट दुई सदस्यलाई हटाएको हो ।
आज सरकारले भक्तबहादुर पुन र कपिल आचार्यलाई सञ्चालक समितिबाट हटाइएको हो । यसअघि उद्योगको लाईन जोड्ने विषयमा सञ्चालक समितिको बैठकमा उनीहरुले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
पुनका अनुसार ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री दिपक खड्कासहितको सञ्चालक समितिको बैठकमा आचार्य र आफूले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनले भने, ‘नोट अफ डिसेन्ट लेख्न पाउने प्रावधानबमोजिम नै लेखेको हो । तर सरकारले चित्त बुझाएन ।’
उनले सरकारको निर्णयविरुद्ध अब अदालती प्रक्रियामा जाने संकेत गरे । ‘सरकारले सुरुमा हामिलाई स्पष्टिकरण सोध्यो । पदमुक्त गर्ने योजनासहित प्रक्रिया पुर्याउनका लागि मात्रै सोधिएको हो,’ पुनले भने, ‘हाम्रो जवाफ पाउनसाथ पदमुक्त गराईयो ।’
प्रतिक्रिया