ताेकिएकाे समयभित्र उद्योग सञ्चालन नगर्ने विदेशी लगानीकर्ताको धरौटी जफत गर्दै विभाग

ताेकिएकाे समयभित्र उद्योग सञ्चालन नगर्ने विदेशी लगानीकर्ताको धरौटी जफत गर्दै विभाग


काठमाडौं – तोकिएको समयभित्र उद्योग सञ्चालन नगर्ने विदेशी लगानीकर्ताको धरौटी जफत हुने भएको छ। उद्योग विभागले शुक्रबार एक सूचना जारी गर्दै उद्योग सञ्चालन गर्न विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने जानकारी गराएको हो।

३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान विदेशी लगानीकर्तालाई विभागले आह्वान समेत गरेकाे छ ।

धरौटी फिर्ताका लागि विवरण खोलिएको माग निवेदन, उद्योग सञ्चालनमा आएको प्रमाण करचुक्ता (शून्य कारोबार आएमा नमानिने), लगानी भित्र्याएको प्रमाण, उद्योग दर्ताको प्रमाण, धरौटी रकम जम्मा गरेको सक्कलप्रति, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अध्यावधिक प्रमाणपत्रसमेत बुझाउनुपर्ने जारी सूचनामा उल्लेख छ।