मन्त्रीपरिषद्ले पायो पूर्णता


काठमाडौं –केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ । सरकारले विश्वासको मत पाएको ११ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् ।

आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता भएको हो । राष्ट्रपति नेपाली कांग्रेसका २ र नागरिक उन्मुक्तिका एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्रीपरिषद्लाई २५ सदस्यीय बनाउन मिल्ने व्यवस्था छ । यसअनुसार ३ राज्यमन्त्रीको स्थान खाली थियो । यही खाली स्थानमा रामचन्द्र पौडेलले आज राज्यमन्त्री नियुक्त गरेका हुन् ।

राज्यमन्त्रीमा नेपाली कांग्रेसका रुपा विक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्तिबाट अरुण चौधरी नियुक्त भएका छन् । असार १७ गते राती चपलिहाइटस्थित व्यापारीको घरमा भएको सम्झौताबमोजिम प्रधानमन्त्रीमा ओली छन् ।

उनले २ वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सम्झौता छ । सो सम्झौताबमोजिम असार ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका थिए ।