नयाँ गाउँ रिसोर्टमा ‘अफ सिजन अफर’, २५ सय रुपैयाँमै ‘फूल प्याकेज’


काठमाडौं – नेपालको पर्यटकीय राजधानी पोखरामा रहेको नयाँ गाउँ रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै आकर्षक छुट तथा प्याकेज ल्याएको छ। चार्डपर्व तथा अन्य विशेष समयलाई मध्यनजर गर्दे विभिन्न अफर ल्याउँदै आएको रिसोर्टले यसपटक ‘अफसिजन अफर’ ल्याएको छ। जुन, अफरमा रिसोर्टले प्रदान गर्दे आएको प्याकेज तथा अन्य सेवाहरुमा विशेष छुट छ।

रिसोर्टले यस वर्षको पर्यटकीय अफसिजनलाई लक्षित गर्दै २५ सममै डिनर, ब्रेकफास्ट र नाइटस्टेट प्याकेज ल्याएको हो। यस अगाडि यो प्याकेजको लागि ३५ सय रुपैयाँ थियो । रिसोर्टका सञ्चालक विष्णु धितालकाअनुसार प्याकेजमा विशेष छुटका साथै प्याकेज बाहेका अन्य सुविधाहरुमा पनि २० प्रतिशतसम्म छुट छ । सञ्चालक धिताल भन्छन्, ‘हामीले अफसिजनलाई लक्षित गर्दै यो अफर ल्याएका हौँ । अफर अन्तर्गत ३५ सय रुपैयाँ रहेको खाने बस्नेसहितको प्याकेज सुविधा २५ सयमा झारिएको छ । जसमा वेल्कम ड्रिङ्क्स, स्न्याक, ब्रेकफास्ट तथा डिनर लगायतका सुविधा समावेश छन् । साथै, डिनरमा कालीजको पनि व्यवस्था छ । जसअन्तर्गत एडभेन्चर ३– ४ घण्टाको जंगल रिसार्ट सफारीको पनि व्यवस्था गरेका छौँ ।’

पोखरामा आउने पर्यटकहरूलाई अर्गानिक स्वाद दिने उद्देश्यसहित एग्रो टुरिजमको लक्ष्य लिएर सञ्चालनमा आएको रिसोर्टभित्र कालीज, लोकल कुखुरा, मौरी पालन, तरकारी उत्पादन, पशुपालनसमेत गरिएको छ । पोखराको विन्ध्यावासीनि चोकबाट ६ किलोमिटर दूरीमा रहेको साराङकोटमा अवस्थित रिसोर्टबाट फेवातालको मनमोहक भ्यूको साथै पोखरा उपत्यकको नाइट भ्यूको चमक हेर्न सकिन्छ । ‘रक क्लाइम्बिङ, स्काई स्वीङ, जीपलाइन, स्काइ साइक्लिङ, स्काइ वाक, स्काइ ह्यांगिङ क्याफे लगायतका आकर्षक र एड्भेन्चर संचनाहरू रहेका छन् । जसले गर्दा पर्यटकको विशेष रोजाइमा पर्ने गरेको छ।

रिसोर्ट भित्रै चिल्ड्रेन पार्क, एरोप्लेन स्वीइङ, सिङगल स्वीइङ, स्काइ केभ वाक लगायतका खेलहरूको मज्जा लिन पाइन्छ। फोटो खिच्नको लागि रेन्बो पुलकोसमेत निर्माण गरिएको छ।जंगलको बीचमा रहेको रिसोर्टमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकले मनमोहक प्रकृतिकसँगको साक्षात्कार गर्दै त्यही उत्पादन गरिएको अर्गानिक खाने कुराहरूको स्वाद लिन पाउने छन्।

पर्यटकहरूलाई अर्ग्यानिक स्वाद दिने उद्देश्यसहित एग्रो टुरिजमको लक्ष्य लिएर सञ्चालनमा आएको रिसोर्टभित्र कालीज, लोकल कुखुरा, मौरी पालन, तरकारी उत्पादन, पशुपालनसमेत गरिएको पाइन्छ। साथै, नयाँ गाउँ रिसोर्टमा जानेहरुका लागि रिसोर्टको सिफारिसमा अन्नपूर्ण केवलकारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । करिब २०० रोपनी क्षेत्रफलमा फैलियको रिसोर्टमा एग्रो टुरिजम तथा एड्भेन्चर गतिविधिको आनन्द लिन सकिन्छ । अर्ग्यानिक खानाको साथै रिसोर्टमै पालेको कालिज, लोकल कुखुरा, खसीबोका, खरायो लगायतको मासुबाट बनेको उत्कृष्ट परिकार पाइन्छ। साथै, स्थानीय गाईभैँसीको दही, घिउ, महीको स्वाद लिन सकिने छ भने रिसोर्टको फर्ममै उत्पादन भएको मह समेत खान सकिन्छ ।

९ वटा छुट्टा छुट्टै भिल्ला, रेस्टुरेन्ट, टी–हाउस रहेको रिसोर्टमा ५० जनासम्म सजिलै बास बस्न सकिनेछ। रिसोर्टको अन्य आकर्षणको रूपमा सिंगल स्वीङ, एरोप्लेन स्वीङ, स्काईट्री वाक, रेन्बो ब्रिज जस्ता एड्भेन्चर कार्य गर्न सकिन्छ । बालबालिकाका लागि छुट्टै चिल्ड्रेन पार्क समेत रहेको उक्त रिसोर्टमा प्राकृतिक रूपमा बनेको एड्भेन्चर गुफा, बाघको ओडारलगायत अवलोकन गर्न सकिन्छ ।