आज रातीदेखि भोलि बिहानसम्म कामना सेवा बैंकको डिजिटल सेवा अवरुद्ध हुने


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकको प्रणालीगत केही मर्मत सम्भार (System Maintenance ) गर्नुपर्ने भएकाले ६ घण्टासम्म डिजिटल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको हो ।

बैककाअनुृसार आज राती (साउन १८ शुक्रबार) देखि भोलि अर्थात् शनिबार बिहान ४ बजेसम्म सेवा अवरुद्ध हुनेछ । सो समयअवधिमा बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग इन्टरनेट बैंकिङ्ग, एटिएम कार्ड लगायतका सेवा प्रभावित हुने बैंकले जानकारी दिएकाे छ ।