काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत , सहायक अधिकृत, सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट माग गरेको हो।
अधिकृत तहका लागि शैक्षिक योग्यतामा बैंकिङ्ग, वित्त लगायत विषयमा स्नातकोत्तर पूरा गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष कार्य अनुभव ताेकिएकाे छ। साथै, पुरूष उम्मेदवारका लागि २१ वर्षदेखि ४० वर्ष उमेर हद ताेकिएकाे छ। महिलाको हकमा ४५ वर्ष ताेकिएकाे छ।
सहायक अधिकृतका लागि कम्तीमा एक वर्षको कार्य अनुभव तथा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सिनियर असिस्टेन्टका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई कम्तीमा दुई वर्षको कार्य अनुभव ताेकिएकाे छ।
जुनियर असिस्टेन्टका लागि एसएलसी एसईई सरह उत्तीर्ण गरी कम्तीमा ६ महिना काम गरेको अनुभव ताेकिएकाे कम्पनीले जनाएकाे छ। कम्पनीले एसइई उत्तीर्ण गरेर बसेका इच्छुकका लागि केही संख्यामा ट्रेनी असिसस्टेन्ट समेत माग गरेको छ ।



About Us
प्रतिक्रिया