एजेन्सी – अमेरिकी राइड सेयरिङ कम्पनी ‘उबर’ले चिनियाँ विद्युतीय कार निर्माण बीवाईडीसँग ठूलो मात्रामा गाडी किन्ने सम्झौता गरेको छ । कम्पनीले अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाको प्रतिस्पर्धी वीवाईडीका १ लाख सवारी किन्ने घोषणा गरेको हो ।
दुई कम्पनीले गरेको घोषणाअनुसार विद्युतीय सवारी चलाउन चाहने उबर ड्राइभरलाई सहुलियतको सुविधा हुनेछ । ड्राईभरले पाउने छुटको सूचीमा मेन्टेनेन्स, चार्जिङ र फाइनान्सिङ लगायत सुहलियत पाउनेछन् ।
यो बहुवर्षीय सम्झौतामा अमेरिकी कम्पनी उबरले युरोप र ल्याटिन अमेरिकामा प्रयोग हुनेछन् । यसपछि मध्य एसिया (पश्चिम एसिया), क्यानडा र अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा वीवाईडीका विद्युतीय सवारी प्रयोगमा आउनेछन् ।
वीवाईडी र उबरबीच भएको यो सम्झौता हुँदैगर्दा विश्वव्यापी बजमार विद्युतीय सवारीको बिक्री घटेको छ । यस्तै वीवाईडीले अमेरिका र युरोपियन बजारमा उच्च भन्सार करको सामना गरिरहेको छ ।
यो सम्झौताको लक्ष्य उबर चलाउने विश्वभरका ड्राईभरीलाई हरित पृथ्वी निर्माणमा सहयोग गर्ने र विश्वका विभिन्न मुलुकमा फैलिएको उबरका चालकलाई ‘ग्रीन ड्रार्यभर’ बनाउने बताइएको छ । यसबाहेक उबरको प्लेटफर्ममा वीवाईडीको स्वचालित सवारीको समेत प्रयोग हुनेछ ।
यो सम्झौताले चिनियाँ विद्युतीय सवारी निर्माता वीवाईडीसहित अन्य कम्पनीहरुलाई चीन बाहिर उत्पादन प्लान्ट विस्तारमा सहयोग गर्ने समाचार संस्था बीबीसीले जनाएको छ । कम्पनीले हालसालै टर्किमा १ बिलियन अमेरिकी डलरको लगानीमा उत्पादन प्लान्ट स्थापनाका लागि सहमत बनेको थियो ।
टर्किमा स्थापना हुने नयाँ प्लान्टले प्रतिवर्ष डेढ लाख विद्युतीय सवारी उत्पादन गर्ने र ५ हजार नयाँ रोजगारी सृजना हुने बताइएको छ । यसबाहेक वीवाईडीले थाइल्याण्डमा साउथ इस्ट एसियाको पहिलो प्लान्ट स्थापना गरेको छ ।
यसबाट चिनियाँ सवारी निर्माता वीवाईडी चीन बाहिर आफ्नो प्लान्ट विस्तारमा केन्द्रीत बनेको देखाउँछ । यसबाट चीन र अमेरिकाबीच भविष्यमा व्यापार युद्ध उत्कर्षमा पुगेपनि समस्या नपर्नेगरी काम गर्न कम्पनी तत्पर रहेको देखाउँछ ।



About Us
प्रतिक्रिया